एन आर एन न्युजजापान

जनवरी २१ मा एनआरएनए जापानको क्षेत्रीय भेला

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले आउँदो जनवरी २१ का दिन वार्षिक नीति तथा योजना तर्जुमाका लागि क्षेत्रीय भेलाको आयोजना गर्ने भएको छ ।

एनआरएनएको विधान २०२१ को संशोधन सहितको विधान २०२३ को परिच्छेद ४ को दफा ३ मा उल्लेखित क्षेत्रीय भेलाको प्रावधान बमोजिम जापानमा रहेका क्षेत्रीय समितिको भेला आयोजना गर्न लागिएको हो ।

भेलामा क्षेत्रीय समितिहरुको वार्षिक नीति तथा योजनासँगै राष्ट्रिय समन्वय परिषद् जापानको वार्षिक नीति तथा योजना बारेमा प्रशिक्षण दिइने बताइएको छ ।

सन् २०२४ जनवरी २१ तारिख आइतबार एनआरएनए जापानको आयोजना तथा सिजुओका क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा क्षेत्रीय भेला हुने भएकोले एनआरएनएका अभियन्ता, पदाधिकारी र सदस्यहरु एवं सम्पूर्ण क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरुलाई उपस्थितिकका लागि अनुरोध गरिएको छ ।

यसै गरी भेलामा एनआरएनसंग चासो र सरोकार राख्ने सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा पनि उपस्थितिको लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.