जापान

बच्चा जन्माउन टोकियोका कर्मचारीलाई हप्तामा तीन दिन बिदा

अति व्यस्त दैनिकीका कारण वैवाहिक एकल जीवन बिताउने र विवाह बन्धनमा बाँधिए पनि सन्तान नजन्माउने प्रवृत्ति बढ्दै गएपछि टोकियो महानगर सरकारले जन्मदर बढाउन नयाँ योजना अघि सारेको छ ।

जापानको जनसंख्या लगातार १५ वर्ष घटेको छ र यो वर्ष पनि घट्ने लगभग निश्चित छ । सन् २०१२ देखि २०२२ सम्मको दशकमा टोकियोको जन्मदर १५ प्रतिशतभन्दा बढीले घटेको छ ।

विश्वको सबैभन्दा ठूलो सहर टोकियोले अप्रिल २०२५ देखि लागु हुने गरी आफ्ना कर्मचारीलाई हप्ताको चार दिन मात्रै काम लगाउने भएको छ ।

यो योजनाले बच्चा हुर्काउनलाई सजिलो पारेर कर्मचारीहरूलाई बच्चा जन्माउन प्रेरित गर्नेछ भनेर टोकियो सरकारले अपेक्षा गरेको छ ।

योजना अनुसार टोकियो सरकारका कर्मचारीलाई काम गर्ने समय मिलाएर आफूलाई पायक पर्ने गरी हप्ताको एकदिन अतिरिक्त बिदा बस्न मिल्नेछ ।

टोकियोका गभर्नर युरिको कोइकेले पछिल्लो नगरसभामा नयाँ योजनाप्रति टिप्पणी गर्दै बच्चा जनमाउने, हुर्काउने लगायत कारणले कसैले पनि आफ्नो ‘क्यारियर’को बली चढाउनु नपरोस् भन्नका लागि सरकारको काम गर्ने शैलीलाई लगातार समीक्षा बताउनुभयो ।

हजारौं कर्मचारी भएको टोकियो सरकारको यो योजनाले जन्मदर बढाएर जनसंख्या घट्ने क्रमलाई रोक्न थोरै भए पनि योगदान गर्ने अपेक्षा गरिएको छ ।

देशको जनसंख्या लगातार घटिरहेको र वृद्धवृद्धाको संख्या वयस्ककोभन्दा बढी रहेका कारण यसलाई सन्तुलित बनाउन जापानका अन्य स्थानीय सरकारले पनि यस्ता योजनाहरू ल्याएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.