जन सरोकार
बझाङको धमेना केन्द्रविन्दु भएर भूकम्प
बझाङमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।
भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्