क्रिकेटखेल

कोल्सावाला र बोसिस्टोको अद्र्धशतकीय पारीमा कर्णालीले दियो चितवनलाई एक सय ७६ रनको लक्ष्य

जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अद्र्धशतकीय पारीमा राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जितको लागि एस सय ७६ रनको लक्ष्य दिएको छ ।

एनपिएल

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको हो ।

कर्णालीको लागि एनपिएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रनको अद्र्धशतकीय पारी खेले भने बोसिस्टोले ३९ बलमै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।

त्यस्तै चाडविक वाल्टनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहँदा जिसन मक्सुदले १४ रन योगदान जोडे । बलिङमा चितवनका लागि सोहेल तनविरले दुई तथा रवि बोपारा र कप्तान कुशल मल्लको भागमा समान एक-एक विकेट रह्यो ।

यस खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ः०० बजे हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.