क्रिकेटखेल

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपिएलको ‘क्वालिफायर टु’ मा

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल)को क्वालिफायर-२ मा प्रवेश गरेको छ । बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले पराजित गर्दै कर्णाली ‘क्वालिफायर टु’ मा मा प्रवेश गरेको हो ।

अब ‘क्वालिफायर टु’ मा मा कर्णालीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ः०० बजे सुरु हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।

कर्णालीको लागि एनपिएलमा पहिलो खेल खेलेका जयकिसन कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रनको अद्र्धशतकीय पारी खेले भने विलियम बोसिस्टोले ३९ बलमै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।

त्यस्तै चाडविक वाल्टनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहँदा जिसन मक्सुदले १४ रन योगदान जोडे । बलिङमा चितवनका लागि सोहेल तनविरले दुई तथा रवि बोपारा र कप्तान कुशल मल्लको भागमा समान एक-एक विकेट रह्यो ।

कर्णालीले दिएको एक सय ७६ रन्को लक्ष्य लिएर मैदान उत्रेको चितवने निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय रनमात्र बनायो । चितवनको लागि रवि बोपराले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रनको अद्र्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यस्तै कप्तान कुशल मल्लले २४ बलमा एक छक्काको मद्दतमा २१ रन जोड्दा बिपिन रावलले १८, लुक बेन्केनस्टाइन १६ र शरद भेषवाकर १० रनमा अविजित रहे । कर्णालीको लागि जिसन मक्सुदले तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २-२ विकेट लिँदा बिपिन शर्माको भागमा एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.