एनआरएनए चिवाद्वारा वेवसाइट र कार्यालय उदघाटन (फोटोहरु सहित)
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय समिति चिवाले नयाँ वर्ष २०२३ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार एक समारोहका बीच चिवा ग्योतोकुमा नयाँ कार्यालयको समुद्घाटनका साथै एनआरएनएचीवा नामको वेभसाइट समेत अनावरण गरियो ।
एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद उपाध्यक्ष महेशकुमार श्रेष्ठ, एनआरएनए जापान अध्यक्ष शिवप्रसाद पौडेल र संरक्षक अनिता गुरूङ, वरिष्ठ उपाध्यक्ष नवीन निउरे, आईसीसी सदस्यद्वय रविन शेरचन र श्रवण सत्याल, एनआरएनए तोचिगी संयोजक मन्दिप क्षेत्री, नेपाली जनसम्पर्क समिति जापानका सभापति रोशन केसी लगायतले रिवन काटेर कार्यालयको उदघाटन गर्नुभएको थियो ।
सो अवसरमा संयोजक रेग्मीले जापानमा नवप्रवेशी तथा जापानमै बस्दै आएका नेपालीहरूलाई जुनसुकै किसिमको समस्या तथा गुनासो गर्दा कार्यालयमा सिधै आएर वा वेवसाईट मार्फत सम्पर्क माध्यम बढाउने योजना अनुरूप काम गरिएको जानकारी गराउनु भयो।
उदघाटन पश्चात आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा वेभसाइटको कार्यविधिका वारेमा रमेश गिरी तथा राजनबाबु सुवेदीले जानकारी गराएका थिए।
सचिव शंकर सुवेदीको सञ्चालन र मोहन कार्कीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका सल्लाहकारद्वय मोहन घले दीपक गौतम, नेपाली कांग्रेस महासमिति सदस्य भुपीगोविन्द श्रेष्ठ, एनआरएनए चिवा निवर्तमान संयोजक विश्व सुवेदी, एनआरएनए जापान चिवाका सल्लाहकार आनन्द कोइराला, भलिवल संघ जापानका अध्यक्ष बुद्व बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यसै गरी गल्कोट समाज जापान अध्यक्ष कालिका थापा, खानागावा नेप्लीज कम्युनिटिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, एनआरएनए जापानका पूर्व उपाध्यक्ष नारायण खडका, विहुकोट समाज जापानका रामु कंडेल, एनआरएनए जापानका सहकोषाध्यक्ष दीपक सुनार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास जापानका अध्यक्ष रवीन शर्मा, एनारएनए अभियन्ता शिव न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्