जन सरोकारस्वास्थ्य

भारतमा देखियो कोरोनाको नयाँ भेरियन्ट, चारजनाको मृत्यु

भारतको केरलामा कोरोना भाइरसको नयाँ भेरियन्ट जे.एन.१ को संक्रमण पुष्टि भएको छ । आइतबार मात्र संक्रमणका कारण ४ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमण बढ्दै गएको भारतमा सोमबार २ सय ६० जना थप संक्रमित फेला परेका छन् । अहिले १ हजार ८ सय २८ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार चारजनाको मृत्यु हुनुका साथै एक सय ११ नयाँ संक्रमित थपिएका थिए । संक्रमित थपिए पनि यसबाट आत्तिनुपर्ने स्थिति भने नरहेको करल स्वास्थ्य मन्त्रीले बताएका छन् ।

जे.एन.१ ओमिक्रोनको सबभेरियन्ट सन् २०२३ को सेप्टेम्बरमा अमेरिकामा पुष्टि भएको थियो । त्यसपछि डिसेम्बर १५ मा चीनमा पनि ७ जनामा यस सबभेरिएन्टको सङ्क्रमण फेला परेको थियो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म ३८ वटा देशमा यस सबभेरिएन्टबाट सङ्क्रमित फेला परेका छन् । जे.एन. १ सबभेरिएन्टकै सङ्क्रमणका कारण ती देशहरूका अस्पतालमा स्वास्थ्य परीक्षणमा आउने बिरामीहरूको सङ्ख्या बढेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार बीए.२.८६ मा स्पाइक प्रोटिनमा कूल २० वटा म्युटेसन रहेका छन् । स्वास्थ्य संस्थाहरूले बीए.२.८६ र जे.एन. १ बीचको स्पाइक प्रोटिनमा एउटा मात्र म्युटेसन रहेको बताएका छन् । यस म्युटेसनलाई चिन्ताजनक मानिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.