राजनीति

अहिलेको नयाँ शक्ति माओवादी : उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गर्नुभएको छ । हेटौँडामा प्रेस सेन्टर मकवानपुरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताउनुभयो ।

उपमहासचिव पुन

यो सरकारले सुशासनका विषयमा धेरै काम गरेको बताउँदै नेता पुनले अब सरकारले गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको उल्लेख गर्दै उहाँले माओवादी पनि त्यही लाइनमा रहेको बताउनुभयो ।

पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वाभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको गति उच्च रहने तर्क गर्नुभयो । सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उहाँले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकास जरुरी रहेको बताउनुभयो । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सही रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुननिर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद् विघटन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताउनुभयो । त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै उहाँले अब माओवादी कमब्याकको चरणमा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.