राजनीति

‘हिन्दूराष्ट्र नेपाल’को समर्थनमा भारतमा प्रदर्शन

दोस्रो जनआन्दोलन २०६२/०६३ को सफलतापछि पुनःस्थापित प्रतिनिधिसभाको पहिलो घोषणाले नेपाललाई हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष राष्ट्रमा परिणत गर्यो भने राजतन्त्रको साटो गणतन्त्रमा जाने बाटो खोल्यो ।

सोही घोषणा अनुसार अन्तरिम संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो । दोस्रो संविधानसभाबाट बनेको धर्मनिरपेक्ष, संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कायम भयो ।

त्यसयताा नेपाल हिन्दु राष्ट्र नै कायम हुनुपर्छ भन्दै विभिन्न राजनीतिक दल तथा धार्मिक संस्थाहरु सक्रिय रहेका छन् । प्रमुख दलहरुभित्र पनि नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने आवाज उठाइरहेका छन् ।

यसबीच भारतमा पनि नेपाल हिन्द राष्ट्र हुनुपर्छ भन्दै गतिविधि हुन थालेका छन् । यही डिसेम्बर दोस्रो साता भारतको छत्तीसगढ राज्यको रायपुरमा एउटा समूहले ‘हिन्दूराष्ट्र नेपाल समर्थन यात्रा’ नामको कार्यक्रम गरेपछि यसको चर्चा बढ्दै गएको छ ।

जय श्रीराम सेना सङ्गठन र आदित्यवाहिनी नामक दुई हिन्दूवादी सङ्गठनले ‘समर्थन यात्रा’सँगै त्यसै दिन उक्त राज्यका राज्यपालमार्फत भारतका राष्ट्रपतिलाई एउटा ज्ञापनपत्र पनि बुझाए ।

बिबिसि नेपाली सेवाले प्रकाशन गरेको समाचार अनुसार ज्ञापनपत्रमा वर्तमान सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको आलोचना गरिनुका साथै नेपाली नागरिकको चाहना अनुसार नेपाललाई हिन्दूराष्ट्र बनाउन भारत सरकारले समर्थन गर्नुपर्ने माग गरिएको छ।

त्यसमा नेपाल धर्मनिरपेक्ष भएपछि धर्मान्तरण बढेको दाबी गरिएको छ भने चीनको हस्तक्षेप बढेको र नेपालको अस्तित्व रक्षाका लागि पनि हिन्दूराष्ट्र र राजसंस्थाको आवश्यकता रहेको उल्लेख छ।

त्यसअघि डिसेम्बर दोस्रो साता नै भारतको अयोध्यास्थित जानकी महल ट्रस्ट धर्मशालामा भएको भारत वर्षीय बाह्मण महासभाको राष्ट्रिय कार्यकारिणी बैठकको बन्द सत्रमा पनि नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने प्रस्ताव आएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.