जापान

बाँके-बर्दिया मैत्री समाजमा नयाँ नेतृत्व

जापानमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनमा सक्रिय नेपालको बाँके तथा बर्दिया जिल्लाबासीहरुको संस्था बाँके बर्दिया मैत्री समाज जापानले नयाँ नेतृत्व चयन गरेको छ ।

राजधानी टोकियोमा सम्पन्न समाजको चौथो अधिवेशनले अर्जुन थापालाई अध्यक्षमा, बरिष्ठ उपाध्यक्षमा ओम पौडेल, उपाध्यक्ष मा सुशील थापा क्षेत्री र उत्तम खनाल तथा महिला उपाध्यक्षमा टीका वलीलाई चयन गरेको छ ।

साधारणसभाले महासचिवमा बलराम उपाध्याय, सचिवमा हेमन्त वंशी र राम गौतम, कोषाध्यक्षमा सुदर्शन गुरुङ, सह(कोषाध्यक्षमा संगीता गिरीलाई चयन गरेको छ ।

यसै गरी सदस्यहरुमा नितु थापा, असिम सापकोटा, प्रकाश सिङ ठकुरी, जितेन हमाल र प्रवक्तामा शेर बहादुर सुनार तथा विनोद वली, सुशील मल्ल, संरक्षक तथा सुशील थापा र सन्तोष पाण्डेयलाई सल्लाहकारक ारुपमा चयन गरिएको छ ।

गैरआवासीय नेपाली संघले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीतथा सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामनासहित सुमधुर सहकार्यको अपेक्षा गरेको छ ।

एनआरएनए जापानका अध्यक्ष नविन निउरे तथाा महासचिव टिकाराम खरेलले एक विज्ञप्तिमार्फत समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.