जन सरोकार

हिरासतमा सुतिरहेका रविको फोटो सार्वजनिक गर्नेलाई कारबाही हुने

कास्की प्रहरीले हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कारवाही गर्ने भएको छ।

मोबाइल, क्यामेरासमेत लैजान निषेध गरिएको प्रहरी कार्यालयभित्र लामिछाने सुतिरहेको तस्बिर कसरी खिचियो भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेपछि गृहमन्त्री रमेश लेखकले तस्बिर सार्वजनिक गर्नेलाई कारवाही गर्न निर्देशन दिइसक्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार प्रेस विज्ञप्ति जारी उक्त फोटो डा निकोलस भुसालको फेसबुक पेजबाट पोस्ट भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “केही दिन अगाडि सामाजिक सञ्जालमा हाल चालु रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।”

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले हिरासतमा रहेका व्यक्तिको अनधिकृत रुपमा तस्बिर सार्वजनिक गर्नेलाई कारवाही हुने बताउनुभयो ।

फोटो सार्वजनिक गर्ने भुसाललाई कारबाही गर्ने बताइए पनि फोटो खिच्न दिने वा सुरक्षा सम्वेदनशीलतामा खेलवाड गर्नेलाई कस्तो कारबाही गर्ने भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.