राजनीति

राप्रपा कुनै दलको पुच्छर बन्दैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउँदै पार्टी कुनै दलको पुच्छर नबन्ने स्पष्ट पार्नुभएको छ ।

राप्रपाबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको हो ।

“राप्रपाले सरकारमा नजाने भनेर कसम पनि खाएको छैन, आगामी दिनमा के गर्दा आफ्ना एजेन्डा र मान्यता स्थापित हुन्छन्, सोहीअनुसार अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले कुनै सरकारमा जानु परेमा वा कसैलाई समर्थन गर्नु परेमा कारणसहित गर्ने उल्लेख गर्नुभयो । निर्वाचनबाट राप्रपाले उकालो यात्रा सुरु गरेको उहाँको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले पार्टीलाई सही ढङ्गले परिचालन गर्न नसक्दा प्राविधिकरूपमा धेरै मत नआएको भन्दै उहाँले जनताको मन भने जितेको बताउनुभयो । उहाँले पार्टीमा योगदान गरेका क्षमता र सम्भावना भएका नयाँ व्यक्तिलाई सांसद बनाइएको स्पष्ट पार्नुभयो ।

राप्रपाका नेता पशुपतिशम्शेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्मा आएको बताउनुभयो । उहाँले देशलाई अहिलेकै ढङ्गमा चलाएर अगाडि बढाउन नसकिने बताउनुभयो । उहाँले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.