जन सरोकार

एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला, एक महिला पक्राउ

यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फालेर हिंडेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ ।

बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको हो । जी ९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।

यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभएको छ ।

झाका अनुसार ती महिला सारजहाबाट काठमाडौं आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी छैन ।

शिशु शौचालयमा फालिएको भेटिएपछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्‍याएको प्रवक्ता झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.