जन सरोकार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काभ्रे, बनेपा नगरपालिका-५ बस्ने ४८ वर्षीय सुन्दर बानियाको घरमा जुवातास खेलिरहेको अवस्थामा बानियाँ समेत १५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार २ सय ६५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्