जन सरोकार

धापासीस्थित एक घरमा भीषण आगलागी

काठमाडौँ, टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा बिहीबार साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिनुभयो ।

धापासीस्थित एक घरमा भीषण आगलागी

साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो । ठूलो कम्पाउण्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताउनुभयो । आगलागी भए लगत्तै खबर गरेपछि प्रहरी परिचालन गरिएको थियो ।

काठमाडौँ, भक्तपुर र ललितपुरको दमकल र नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।

आगो पूर्णरुपमा नियन्त्रणमा आउन केही समय लाग्ने वडाध्यक्ष पौडेलले बताउनुभयो । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.