क्रिकेटखेल

बङ्गलादेशसंग पराजित भएसंगै नेपाल ‘सुपर फोर’ बाटै बाहिरियो 

मलेसियामा जारी एसीसी महिला यू–१९ एसिया कपमा नेपाल ‘सुपर फोर’ बाटै बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको ‘सुपर फोर’ को अन्तिम खेलमा बङ्गलादेशसंग ९ विकेटले पराजित भएसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

एसिया कप

मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनको योगफल बनायो ।

नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् भने कप्तान पुजा महतोले नौ तथा एलिशा यादवले आठ रन बनाइन् । बङ्गलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक-एक विकेट लिए भने नेपालका चार खेलाडी रनआउट भएका थिए ।

नेपालले दिएको ५५ रनको लक्ष्य लिएर मैदान उत्रेको बङ्गलादेशले नौ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । बङ्गलादेशको लागि फाहोमिदा चोयाले अविजित रहँदै २६ रन बनाइन् भने मोसाम्मत एभाले १८ रन जोड्दा सुमैया अख्तर १० रनमा अविजित रहिन् । नेपालका लागि कुुुसुम गोदरले एक विकेट लिइन् ।

जित हासिल गरेसंगै बङ्गलादेश फाइनलमा पुगेको छ । अब उपाधिको लागि बङ्गलादेशले भारतको सामना गर्नेछ ।  भारत यसअघि नै फाइनलका लागि छनोट भइसकेको छ ।

नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.