“प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै छन्”
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई घाटामा राखेर नाफा लिनेहरु धेरै भएको र अहिले लोडसेडिङको हल्ला फैलाएर रमाउने जमात देखिएको बताउनुभएको छ ।
शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको साधारणसभा तथा अधिवेशनमा बोल्दै घिसिङले लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैलाएको बताउनुभयो ।
उहाँले केही विद्युत कटौती लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा वितरणमा समस्या भएको बताए बताउँदै माथिल्लो तामाकोशी र कालीगण्डकी बन्ने वित्तिकै यो समस्या समाधान हुने दाबी गर्नुभयो ।
घिसिङले व्यस्त समयमा केही उद्योगको लाइन काटेर नागरिकलाई सहज बनाएको बताउँदै उद्योगीहरु त्यही व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको दावी गर्नुभयो ।
सम्बोधनका क्रममा उहाँले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले तिर्नैपर्ने र त्यसको विकल्प नभएको उल्लेख गर्दै प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्