जन सरोकार

६ वर्षअघि नै बन्नुपर्ने पुल नबनेपछि काठको लाप्कोमा यातायात सञ्चालन (भिडियोसहित)

जाजरकोटमा निर्माण हुने नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा पुल निर्माण नहुँदा काठको लाप्कोमा यातायातका साधनहरु सञ्चालनमा ल्याइएको छ ।

नलगाड नदीमा ६ वर्षअघि निर्माण गर्नुपर्ने पुल अहिलेसम्म निर्माण नगर्दा काठको लाप्को हालेर जोखिमपूर्ण रुपमा यातायात सेवा संचालन गर्नुपरेको छ काठको लाप्को हालेर सवारी साधन सञ्चालन गर्नु परेको हो ।

जाजरकोट छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काको निर्माण सेवाले ६ वर्ष देखि पुल निर्माण नगर्दा काठको लाप्को हालेर यातायात सेवा सुचारु गरिएको यातायात व्यवसायी भीमबहादुर बुढाले बतानुभयो ।

नलगाड नगरपालिका– ५ र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको खारामा मोटरेवल पुल निर्माण नगर्दा यस्तो समस्य भएको हो । नलगाड नदीमा पानीको वहाब कम भएपछि मात्र काठको पुल निर्माण गर्न सजिलो भएपछि अहिले काम चलिरहेको स्थानीय रेशम खड्काले बताउनुभयो ।

यही बाटो भएर भेरी करिडोर समेत जोडिन्छ । जुम्ला जोडनका लागि समेत यो सजिलो मार्ग रहेको छ । नलगाड जलविद्युत कम्पनी लिमिटेडका सुनिल पौडेलका अनुसार निर्माण व्यवसायी खड्कालाई पुल निर्माणको लागि ताकेता गरेपनि सुनुवाइ नभएको बताउनुभयो ।

वर्षायाममा पुल नहुँदा यो बाटो ठप्प हुने गर्दछ । हिउँद याममा काठको लाप्को राखेर नदी पार गराएपनि नदीमा पानीको वहाज बढ्न बित्तिकै पुल बगाएर लिने र यातायात सेवा ठप्प हुने गर्दछ । (रासस)

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.