जन सरोकार

कुटपिटबाट बुबाको मृत्यु, दुई छोरा नियन्त्रणमा

‍‍‍‍‍‍‍‍‍‍‍‍‍पाँचथर, कुम्मायक गाउँपालिका-१ गैरीगाउँ बस्ने ८३ वर्षीय चन्द्रमान तामाङको कुटपिटबाट बुधबार बिहान मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै छोराहरू ४५ वर्षीय घनेन्द्र तामाङ र ४० वर्षीय देवेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चन्द्रमान आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ लाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घनेन्द्र र देवेन्द्रले घरायसी विषयमा झै-झगडा गरी कुटपिट गरेको भन्ने खुल्न आएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.