जापान

घुम्ती सेवाका लागि डिसेम्बर २१ देखि ३१ तारिखसम्म अनलाइन फर्म भर्न अनुरोध

नेपाली दूताबास टोकियोले आउँदो जनवरी २७ र २८ तारिकमा फुकुओकामा र २९ मा आक्रोस फुकुओकामा गर्न लागेको घुम्ती सेवामा राहदानी तथा कन्सुलर सेवा लिन चाहनेले यही डिसेम्बर २१ देखि ३१ सम्म अनलाइन फर्म भर्न अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली संघ जापान, अवैतनिक वाणिज्य दूतावास फुकुओका, गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति तथा क्युस्युमा अवस्थित सम्पूर्ण संघ संस्थाहरुको सहकार्य र सहयोगमा नेपाली राजदूताबास टोकियोले फुकुओकामा हाकाता सिमिन सेन्टर संगै रहेको भवनमा घजनवरी २७ र २८ मा घुम्ती सेवा संचालन गर्न लागेको हो ।

यसै गरी २०२४ जनवरी २९ तारिकका दिन आक्रोस फुकुओकामा राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवा संचालन गर्न लागेको छ ।

राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवा अझ सभ्य, मर्यादित र व्यवस्थित रुपमा संचालन गर्न सेवाग्राहीको प्रारम्भिक विवरण संकलन गर्नुपर्ने भएकोले देहायमा उल्लेख गरिएबमोजिमका विवरणहरु अनिवार्य रुपमा गुगल फर्म मार्फत उपलब्ध गराई आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

गुगल फर्ममार्फत संकलन हुने विवरणहरु यसै घुम्ती सेवाको प्रयोजनको लागि नेपाली राजदूतावास, टोकियोले मात्र प्राप्त गर्ने र अन्य कुनै प्रयोजनमा प्रयोग नगरिने व्यहोरा समेत जानकारी गराइएको छ ।

राहदानी नवीकरणका लागि ३१ डिसेम्वर २०२४ सम्म राहदानीको वहाल अवधि कायम हुने सेवाग्राहीले गुगल फर्म भर्न सक्नेछन् भने हराएको, नासिएको वा पाना सकिएको अवस्थामा भने ३१ डिसेम्वर २०२४ भन्दा पछाडीसम्म राहदानीको वहाल अवधि हुने सेवाग्राहीले समेत फारम भर्न सकिने जनाइएको छ ।

फारम भर्न यो लिंकमा जानुहोस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.