राजनीति

मन्त्री किराँतीको राजीनामा माग्दै पशुपतिमा प्रदर्शन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्रिश्चियन धर्मका विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै राजीनामा माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गरेको छ ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई स्वीकार नगर्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताउनुभयो ।

उहाँले मन्त्री किरातीले सामाजिक सद्भाव बिगार्ने काम गरेको र उनलाई बर्खास्त गर्नुपर्ने बताउँदै पशुपति क्षेत्र विकास कोषमा भएका पछिल्ला नियुक्तिमाथि पनि प्रश्न उठाउनुभयो ।

पुरुषले धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने बताए ।

उहाँले भन्नुभयो, ‘धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम भएको छ । शक्तिपीठहरुमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्छ’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.