जन सरोकार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्घाखाँची साबिक सिमलपानी गाविस-५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई घटनाको ७ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

बिकले २०७४ पुस ३० गते दिउँसो मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको काठमाडौं महानगरपालिका-१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न रहेका धादिङ साविक मुलपानी गाविस-७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा नाम परिबर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको छ । जगतलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.