जन सरोकार

चोरीको स्कुटरसहित एक जना पक्राउ 

ललितपुर, गोदावरी नगरपालिका-१२ ठेचोस्थित हिरानाथ महर्जनले संचालन गरेको पसलभित्र पार्किङ गरी राखिएको बा.५८ प २३१८ नम्बरको स्कुटर, हेल्मेट, नगद लगायत अन्य धनमाल चोरी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई ललितपुर गोदावरी नगरपालिका-१२ ठेचोमा डेरा गरी बस्ने २२ वर्षीय आमोस तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

चोरी घटनाको अनुसन्धान गर्ने क्रममा गोदावरी नगरपालिका-१२ ठेचोमा उनलाई फेला पारी सोधपुछ गर्ने क्रममा उनले उक्त स्कुटर गत मंसिर १५ गते चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै उनले बागमती एएए ६४५१ नम्बरको स्कुटरसमेत काठमाडौंबाट चोरी गरी आफू बस्ने ठाउँमा पार्किङ गरी राखेको खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी अनुमति प्राप्त गरी आवश्यक कारवाही भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.