जन सरोकार
दैनिक चार घण्टा बन्द गरेर यसरी हुँदैछ नारायणगढ–मुग्लिङ सडकमा काम (भिडियो)
मुलुकका विभिन्न भागबाट राजधानी काठमाडौं जोड्ने नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडकमा पुल निर्माणका लागि पुस ५ गतेदेखि दैनिक चार घण्टा बन्द गरिएको छ ।
बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द गरेर काम भइरहेको उक्त सडकको विभिन्न स्थानमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएकाले १ महिना सडक बन्द हुने छ ।
नारायणगढ–मुग्लिङ सडक खण्डका मुग्लिङबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुल पुनर्निर्माण गर्न ठूलो पहाड काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द गरी काम भैरहेको छ ।
उक्त सडक खण्डमा १५ वटा पुल निर्माणको काम भइरहेकोमा ९ वटाको काम सम्पन्न भइसकेको छ । ४ वटा पुल निर्माणको लागि ठाडो र कडा चट्टानसहितको पहाड काट्नु पर्ने भएको कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भए पछि यातायात बन्द गरेर काम गर्नु परेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्