प्रबास

नेपाली साहित्य विकास परिषद् युके रजत महोत्सव पुरस्कार थापा र सुब्बालाई

बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको २७औँ साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १३औँ कार्यकारिणी समिति चयन गरेको छ ।

वेस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारण सभाबाट निर्बाचित भएका २५ सदस्यीय नयाँ कार्यसमितिमा कोमलप्रसाद श्रेष्ठ मल्ल अध्यक्ष, ध्रुव केसी वरिष्ठ सह(अध्यक्ष र चार जना सहअध्यक्षहरूमा वसन्त रायक्षेत्री, रेशम अर्याल, डा.सुधा श्रेष्ठ र गोकुल भण्डारी रहेका छन् भने दुई जना उपाध्यक्षहरूमा, वाचस्पति रेग्मी र डम्बर सिंह ुप्रयासु रहेका छन् ।

त्यस्तै वीरेन्द्र कुँवर महासचिव, मनोज अन्जान वरिष्ठ कोषाध्यक्ष, डा. संगिता श्रेष्ठ स्वेच्छा सहमहासचिव र एभरेष्ट गौतम सचिवमा निर्वाचित भएका छन् ।

यसै गरी कार्यकारिणी सदस्यहरूमा हरि केसी, कल्पना आङ्बुहाङ, सुमेर ज्ञवाली र वासुदेव सापकोट रहेका छन् । मिडिया कोअर्डिनेटरहरूमा नविन पोखरेल, नरेश खापाङ्गी मगर र शिव भणडारी रहेका छन् । पछि पूर्ति गर्ने गरी केही कार्यकारिणी पदहरू रिक्त राखिएका छन् ।

साधारणसभाले २५ सदस्यीय सल्लाहकार समितिमा डा. राघवप्रसाद धिताल ओबिई प्रमुख सल्लाहकार र सल्लाहकारहरूमा सुरेशजङ्ग शाह, हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की, मदन थापा, महन्त श्रेष्ठ, घनबहादुर थापा मगर, डा. गोपाल पौडेल, कृष्ण भट्ट, विजय थापा, डा. जनककुमारी धिताल, सोलिसिटर राजु विक्रम थापा, कमल भण्डारी र बालजंग अर्याल र्ला चयन गरेको छ ।

कार्यसमितिको निर्वाचनका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा पूर्व अध्यक्षहरू द्वय हरिसिंह थापा, खगेन्द्र नेपाली र सल्लाहकार मदन थापा रहेको चार सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो ।

यस अघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले कोषाध्यक्ष मनोज अन्जानद्वरा प्रस्तुत आर्थिक प्रतिवेदन र महासचिव वीरेन्द्र कुवँरद्वारा तयार पारिएको वार्षिक प्रगति प्रतिवेदनहरू माथि बुँदागत छलफल गरी पारित गरेको थियो ।

यसै गरी साधारण सभाले परिषद्को सन् २०२० मा आफ्नो पच्चीसौँ स्थापना दिवसका अवसरमा स्थापित गरेको विशिष्ट रजत महोत्सव अभिनन्दन पदक पुरस्कार आगामी सन् २०४५ मा पुग्ने हिरक महोत्सवसम्म हरेक वर्ष दुई जनालाई नेपाली भाषा साहित्य, कला र पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर् याएका व्यक्तित्वहरूलाई प्रदान गर्दै जाने निर्णय गरेको छ ।

साथै साधारण सभाले यस वर्षको नेसाविप विशिष्ट रजत महोत्सव अभिनन्दन साहित्य पदक पुरस्कार नेपाली साहित्य विकास परिषद्को स्थापना कालदेखि आवद्ध रही संस्थागत प्रकाशनमा विशेष योगदान पुर्याउनुका साथै लन्डनमा नेपाली रेडियो तथा टीभी सञ्चार सञ्चालन र स्थापनाकालदेखि परिषद्को लालिगुँरास साहित्यिक पत्रिका र यती संस्थाको यतीपत्र प्रकाशन मण्डलका सञ्चारकर्मी समाजसेवी विजय थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेसाविप विशिष्ट रजत महोत्सव अभिनन्दन् साहित्य कला पदक पुरस्कार गीत सङ्गीतको क्षेत्रबाट नेपाली साहित्य विकास परिषदमा सक्रिय सहभागिता राख्दै आएका कोसेली नेपाली सांस्कृतिक परिवार युकेका पूर्व कार्यकारिणी पदाधिकारी वरिष्ठ कलाकार डम्वर सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ ।

यी दुबै पुरस्कारहरू आगामी नेपाली नया वर्षका अवसरमा परिषदद्वारा आयोजना हुने वियमित कार्यक्रममा सुशोभन गरिने भएको छ ।

साधारण सभाले परिषद्का भर्चुअल कार्यक्रमहरूमा कोलकता भारतबाट साहित्य तथा गीतसङ्गीत संयोजनमा सक्रियरूपले सहयोग र सहभागिता राख्दै आउनु भएका श्री जानकीमाता धार्मिक संघका अध्यक्ष गुन्जनानसिंह श्रेष्ठ र सास्कृतिक सचिव कलाकार सुश्री सन्तोषी कार्कीलाई परिषद्को मानार्थ सदस्य प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.