जन सरोकार
बोहराको गोठ र भान्साकोठामा आगलागी
नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-५ पतवारी बस्ने ७६ वर्षीया मन कुमारी बोहराको भान्सा कोठामा आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगो ताप्ने क्रममा भान्साकोठाबाट गोठमा समेत आगलागी भएको बताइएको छ । आगोले जलेर घाइते भएकी मन कुमारीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा हुँदै थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो लागि नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्