सभापति लामिछानेविरुद्ध अभियोगपत्र पेश, के छ मुद्दा ?
सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र पेस भएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध आइतबार अभियोगपत्र पेस भएको जानकारी दिनुभयो ।
“अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, लामिछानेलगायतविरुद्ध आजै मुद्दा दर्ता हुन्छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ”, उहाँले भन्नुभयो ।
पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग पनि लगाएको छ ।
रविको मुद्दा दर्ता भएन, जिबी सहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता
प्रतिक्रिया राख्नुहोस्