जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कास्की, पोखरा महानगरपालिका-१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई दुई जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनामा संलग्न हाल फरार एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.