जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानबाट आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । इलाम, माईजोगमाई गाउँपालिका-२ खोल्ने बस्ने ४६ वर्षीय मनोज राईको खुसी डेरी उद्योगमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा करिब ३४ लाख ६२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै प्युठान, माण्डवी गाउँपालिका-२ कुक्रुक बस्ने छबिलाल नेपालीको गोठमा विद्यतु सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस्तै रौतहट, माधवनारायण नगरपालिका-३ सखुअवा टोल बस्ने रामप्रकाश महतोको गोठमा शुक्रबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उता सिन्धुली, तिनपाटन गाउँपालिका-९ आमबोटे बस्ने कासिनाथ सापकोटाको घरमा विद्युत सर्ट भई घर र गोठमा शुक्रबार राति आगलागी हुँदा करिब ७ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.