मंगलबारसम्म भारी हिमपात हुने, सावधानी अपनाउन आग्रह
उत्तरी जापान सहित देशका भागमा हिमपात बढ्दै गएको छ । जापान सागरको उत्तरीदेखि पश्चिमी क्षेत्रमा मंगलबारसम्म भारी हिमपात हुने सम्भावना रहेकाले मौसमविद्ले मानिसहरूलाई सावधानी अपनाउन सल्लाह दिइरहेका छन् ।
सोमबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा आओमोरी प्रान्तको हिराकावा सहर, फुकुसिमा प्रान्तको मिनामियाजु सहर र गुन्मा प्रिफेक्चरको मिनाकामी सहरमा करिब २० सेन्टिमिटर हिउँ परेको थियो ।
मंगलबार बिहानदेखि २४ घण्टामा होकुरिकु क्षेत्रमा ६० सेन्टिमिटर र होक्काइडो र तोहोकु र कान्टोकोशिन क्षेत्रमा ५० सेन्टिमिटरसम्म हिमपात हुने अनुमान गरिएको छ । त्यस्तै टोकाइ र किनकी क्षेत्रमा ३० सेन्टिमिटरसम्म हिमपात हुनसक्छ ।
जापान सागरको उत्तरदेखि पश्चिम क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई हिमपहिरो र बिजुली लाइनहरू र रूखहरूमा हिउँ जम्मा हुने भएकोले सतर्क रहन आग्रह गरिरहेको छ।
सोमबार जापान सागरको पूर्वी भागहरूमा केही घण्टासम्म उच्च छालहरू देख्न सकिन्छ र होकुरिकु नजिकै ५ मिटरसम्म अग्लो छालहरू आउने अनुमान गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्