जन सरोकार
एसएसपी यादव निवासमै झुण्डिएको अवस्थामा फेला
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।

यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” मृत्युको कारण खुल्न सकेको छैन ।
यादव नेपाल प्रहरीमा २०४९ चैतमा प्रहरी निरीक्षकबाट प्रवेश गर्नुभएको थियो । यादवको ब्याचका दुई जना विश्वराज पोखरेल र सहकुलबहादुर थापा हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् ।
प्रतिक्रिया राख्नुहोस्