एन आर एन न्युज

विश्व साइकलयात्री महर्जनलाई साइकल हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घले विश्व साइकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणका लागि साइकल हस्तान्तरण गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव एवं आइसिसी सदस्य प्रदीप न्यौपानेले संयुक्त रूपमा उहाँलाई साइकल हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा कार्यकारी अध्यक्ष थापाले सङ्घले नेपालको पर्यटन प्रवद्र्धनमा गरेका कार्यहरूबारे जानकारी गराउँनुभयो । महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सन् २०१३ मा चीनको ग्रेटवालदेखि साइकल यात्रा सुरु गरेर हालसम्म १५ मुलुकमा यात्रा गरिसकेको बताउनुभयो ।

उहाँले आगामी जनवरी १५ देखि एसियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको जानकारी गराउनुभयो ।

कार्यक्रमका सभापति रोहित अग्रवालले नेपालको पर्यटन प्रवद्र्धनका साथै जलवायु परिवर्तनको मद्दा लिएर भम्रण आयोजना गर्न लागेकोप्रति केही सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै यात्राको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.