देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक धुव्रीकरण आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताउनुभयो ।
“देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले जनताले विकास र परिवर्तन खोजेको भन्दै देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गर्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, “देश जोगाउने र स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्छ ।” मुलुकलाई नीतिगत पथमा डोर्याउन नसकेसम्म लोकतन्त्र सही बाटोमा जान नसक्ने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले मुलुकलाई अगाडि बढाउन आर्थिक, सामाजिक विकास र रुपान्तरणको कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्