जापान

शान्ति नीति संशोधन गर्दै मिसाइल निर्यात गर्ने जापानको निर्णय

जापान सरकारले हतियार निर्यात गर्ने पुरानो नीतिहरु सशोधन गर्दै अमेरिकालाई क्षेप्यास्त्र निर्यात गर्ने निर्णय गरेको छ । विगतको शान्ति नीति संशोधन गर्दै जापानले हतियार निर्यात गर्ने निर्णय गरेकोमा अमेरिकाले स्वागत पनि गरेको छ ।

समाचार अनुसार जापानले अमेरिकालाई प्याट्रियट एयर डिफेन्स मिसाइल पठाउने छ । यी मिसाइलहरू प्राप्त गरेपछि अमेरिकाले आफ्नो हतियार भण्डारबाट युक्रेनमा थप हतियार पठाउन सक्ने बताइएको छ ।

रुस र युक्रेनबिच चलिरहेको युद्धमा पश्चिमी देशहरूले हतियारको अभाव झेलिरहेका छन् । प्याट्रियट मिसाइल अमेरिकाले युक्रेनमा पठाएको सबैभन्दा अत्याधुनिक हतियार हो।

हालसम्म, जापानले उत्पादन अनुमतिपत्र जारी भएका देशहरूलाई इजाजतपत्र प्राप्त उपकरणका कम्पोनेन्टहरू मात्र आपूर्ति गर्दै आएको थियो। तर नयाँ नियम अनुसार जापानले अब त्यहाँबाट पनि तयारी सामान पठाउन सक्नेछ ।

जापानमा, पैट्रियट मिसाइलहरू अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिन र आरटीएक्सको इजाजतपत्र अन्तर्गत मित्सुबिशी हेभी इंडस्ट्रीजद्वारा निर्माण गरिन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.