प्रदेशलुम्बिनी

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वयद्वारा पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वयद्वारा पद तथा गोपनीयताको शपथ

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा (माओवादी केन्द्र)की कृष्णा केसीलाई सहरी विकासमन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त दुवै मन्त्रीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभयो ।

बाँकेकी केसी र प्यूठानका थापा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या नौ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.