राजनीति

‘सरकार जलविद्युत् विकासमार्फत गरिब जनतालाई सम्पन्न बनाउन लागेको छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पाँच महिनामा साढे नौ सय मेगावाट बिजुली बेचिएको बताउनुभएको छ ।

‘सरकार जलविद्युत् विकासमार्फत गरिब जनतालाई सम्पन्न बनाउन लागेको छ’

उहाँले विगतका वर्षमा वार्षिक रु १८ अर्बसम्मको बिजुली भारतबाट किन्दै आएकामा पछिल्लो पाँच महिनामा बिक्री गरिएको साढे नौ सय मेगावाट बिजुलीले व्यापार घाटा समानान्तर भएको दाबी गर्नुभयो ।

सोमबार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती तथा पार्टीको १०० दिने विशेष साङ्गठनिक अभियान कार्यक्रममा मन्त्री खड्काले देशमा गरिबीको रेखामुनि रहेका ८ देखि २० प्रतिशत जनताले हरेक आयोजनाबाट जलविद्युत्को शेयर पाउनुपर्ने बताउनुभयो ।

उहाँले विपन्नका लागि आयोजना वा सरकारले कम्तीमा दुई लाखको शेयर आयोजना धितो राखेर मालिक बनाउनुपर्ने र यसका लागि छलफल प्रारम्भ भएको बताउनुभयो ।

मन्त्री खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताउनुभयो । ऊर्जा विकासमार्फत स्थानीय जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.