कला/मनोरन्जनकलिउड

चलचित्र छायाङ्कनमा ड्रोन प्रयोग प्रभावकारी बनाउन कार्यशाला

चलचित्रलाई उत्कृष्ट बनाउने एउटा सशक्त माध्यम छायाङ्कन पनि हो । सुन्दर दृश्यहरुलाई कुशल ढंगले छायाङ्कन गर्न सोही अनुसारको प्रविधि, प्राविधिकको आवश्यकता पर्दछ ।

यसै आवश्यकतालाई मध्यनजर गर्दै नेपाली चलचित्रकोा छायाङ्कन उत्कृष्ट बनाउने र यसका लागि ड्रोन प्रयोगलाई प्रभावकारी बनाउन कार्यशाला सुरु गरिएको छ ।

चलचित्र विकास बोर्डको आयोजनामा मंगलबारदेखि काठमाडौंमा १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ । कार्यशालाको प्रारम्भ बोर्डका अध्यक्ष दिनेश डिसीले गर्नुभएको छ ।

कार्यशालाको शुभारम्भ गर्दै अध्यक्षा डिसीले नयाँ प्रविधिको प्रयोगबाट गुणस्तरीय चलचित्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यशालामा २५ प्रशिक्षार्थीलाई छनोट गरेर प्रशिक्षण थालिएको बताउँदै उहाँले चलचित्र छायाङ्कनमा ड्रोन प्रयोग भए पनि त्यसलाई चलाउने दक्ष व्यक्तिको कमी पूर्ति गर्न कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

चलचित्र छायाकार प्रद्युम्न मिश्र, मनकृष्ण महर्जन, निरज कँडेल, स्थिर छविकार राजभाइ सुवाल, कुवेर डङ्गोल, चलचित्रकर्मी शान्ता नेपालीलगायत २५ जना सहभागी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.