राजनीति

देउवा प्रचण्ड दुई/दुई वर्ष नेपाल पछिल्लो एक वर्ष

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले पहिलो सरकारको नेतृत्व गर्ने र राष्ट्रपति पनि कांग्रेसकै हुनुपर्ने अडान राखेपछि माओवादी अधयक्ष प्रचण्डले गठबन्धन धरापमा परेको सन्देश दिनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।

यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।
प्रधानमन्त्री दावी गर्न राष्ट्रपतिबाट दिइएको समय सकिनुअघि गठबन्धनको बैठक बस्नुअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देशले प्रचण्डले गठबन्धन धरापमा परेको बताउनुभएको छ ।

पहिले प्रधानमन्त्री बन्न चाहिरहनुभएका अध्यक्ष प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा बसिरहेका बेला प्रधानमन्त्री देउवाको सन्देश लिएर नेता बिमलेन्द्र निधि प्रचण्डलाई भेटेपछि प्रचण्डले नेताहरुलाई गठबन्धन संकटतिर गएको बताउनुभएको हो ।

एक पदाधिकारीका अनुसार निधिले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न नसक्ने र प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गर्नुभएको थियो ।

कांग्रेसबाट यस्तो प्रस्ताव आएपछि प्रतिपक्षमा बस्ने कि अरु विकल्पमा जाने भनेर अध्यक्ष प्रचण्डले नेताहरुलाई सोध्नुभएको थियो ।

माओवादीको बैठकपछि सत्ता गठबन्धनको बैठक बसेको थियो । गठबन्धनको बैठक बसे पनि माओवादी र कांग्रेसबीच पहिलो प्रधानमन्त्री को हुने भन्नेन विषयमा विवाद चलिरहेको छ ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिको सम्भावनालाई ख्याल गर्दै कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेका छन् । पछिल्लो पटक कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.