राजनीति

कांग्रेसको हातबाट सबै फुत्कने पौडेलको डर

भावी सरकारको नेतृत्व पहिला कसले गर्ने र राष्ट्रपति कुन पार्टीले पाउने भन्ने विषयमा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेतिर नजिकिन थाल्नुभएको छ ।

उहाँले आफूलाई सरकारको नेतृत्व पहिला नदिए एमालेसंग मिल्ने चेतावनी पटकपटक दिंदै आउनुभएकोमा आइतबार बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी ओली भेट्न बैठक छाडेर बालकोत जानुभयो ।

प्रचण्ड बाल्कोट गएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताउँदै कांग्रेसको हातबाट सबै कुरा फत्कनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड बालुवाटारको बैठक छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएपछि पौडेलले हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने जान्छ कि भन्ने डर रहेको भन्दै देशको अवस्था के हुने भन्ने चिन्ता भएको बताउनुभएको छ ।

कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले लिने र दोस्रो पालोमा प्रधानमन्त्री पद लिन प्रधानमन्त्री देउवाको सन्देश प्रचण्डलाई सुनाउनुभएको थियो ।

शनिबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता पौडेलबीचको छलफलमा आफू प्रधानमन्त्री र पौडेल राष्ट्रपति बन्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.