जापानविश्व समाचार

हिन्द महासागरमा जापानी स्वामित्वको जहाजमा इरानको ड्रोन हमला

इरानले हिन्द महासागरमा छाडेको एक ड्रोनसंग जापानको स्वामित्वमा रहेको एक रासायनिक पदार्थ बोकेको टैंकर जहाज ठोक्किएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार शनिबार शनिबार भारतीय समुद्री किनारदेखि ३ सय ७० किलोमिटर टाढा जहाजमाथि हमला भएको थियो ।

नेदरल्याण्ड्सको कम्पनीद्वारा संचालित सो जहाजमाा लाइबेरियाको झण्डा लगाइएको थियो । सो हमला जहाजमा आगलागी भए पनि मानवीय क्षतिको भने कुनै खबर नआएको बताइएको छ ।

सो घटनापछि पेन्टागनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “एमभी केम प्लुटो जहाज लाइबेरियाको झण्डामुनि थियो र यो जहाज जापानी कम्पनीको स्वामित्वमा भए पनि डच निकायले सञ्चालन गरेको थियो।”

रोयटर्स लगायतका पश्चिमा संचार माध्यमले बेलायतको सामुद्रिक सुरक्षा कम्पनीलाई उद्धृत गर्दै सो ट्यांकर इजरायल रहेको र साउदी अरब हुँदै भारत गैरहेको थियो ।

हमलापछि भारतीय नौसेनाले सहयोगको लागि अनुरोध गरिएको र उसले एउटा विमान पठाइएर आगो नियन्त्रणमा लिनुका साथै जहाज र त्यसका चालक दललाई सुरक्षित राख्न सफल भएको थियो ।

सो आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । यद्यपि गत महिना, हिन्द महासागरमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले गरेको संदिग्ध ड्रोन आक्रमणमा इजरायली स्वामित्वको मालवाहक जहाजमा ठोक्किएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.