राजनीति

संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छ : उपसभामुख रानामगर

प्रतिनिधिसभाकी उपसभामुख माननीय इन्दिरा रानामगरले देशको साझा हितमा संसदीय रिपोर्टिङ गर्नुपर्ने बताउनुभएको छ ।

उपसभामुख राना

मंगलबार भक्तपुरको नगरकोटमा आयोजित संसद्–सञ्चार अन्तरसंवाद कार्यक्रममा उपसभामुख रानामगरले संसदीय प्रक्रियाको रिपोर्टिङ व्यक्तिको इन्ट्रेसको आधार नगरी जनताको हित र राष्ट्रको हितमा गर्नुपर्ने बताउनुभयो ।

संसद् र लोकतन्त्रलाई बलियो बनाउन सबैले जिम्मेवार बन्नुपर्ने र प्रतिबद्धता गर्नुपर्ने उहाँले बताउनुभयो । संसदीय रिपोर्टिङ गर्दा संसदीय अभ्यास र प्रक्रियाको विषयमा पत्रकारहरूले जिम्मेवार र इमानदारी भएर रिपोर्टिङ गर्नुपर्छ ।

कहिलेकाही पत्रकारहरूले गलत रिपोर्टिङ गर्दा सोझा सिधा सांसद र जनता अन्यमा पर्ने गरेको उपसभामुख रानामगरले बताउनुभयो ।

संसद्को इतिहासलाई सङ्ग्रह गर्न र सचिवालयलाई व्यवस्थित बनाउन आधुनिक पुस्ताकालय र सूचना केन्द्र बनाउनुपर्ने उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत संसद् सहयोग कार्यक्रमका प्रमुख यामबहादुर किसानले संसदीय प्रक्रियालाई बलियो मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे र पत्रकार जगत नेपालले संसदीय रिपोर्टिङ र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संसदीय रिपोर्टिङ गर्ने पत्रकारको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.