गृहमन्त्री लामिछानेको प्राथमिकतामा निर्मला पन्त हत्या प्रकरण अनुसन्धान
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालय जनताको धेरै गुनासो आउने र सबभन्दा धेरै काम गर्न पाउने ठाउँ भएकोले रोजेको बताउँदै निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको छ ।
शपथग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताउँदै गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले पनि आफूले उक्त मन्त्रालय रोजेको स्पष्ट पार्नुभएको हो ।
मन्त्री लामिछानेले आफू मातहत रहने निकाय र अधिकारीलाई हरेक कामकारबाहीमा स्वतन्त्र रूपले सहयोग गर्ने र कुनै हस्तक्षेप नगर्ने पनि स्पष्ट पार्नुभयो ।
त्यसै गरी उहाँले क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्ने बताउँदै त्यहाँ भएका साथीहरुबाट पनि कहीँ कतै आम जनताको पीर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताउनुभयो ।
त्यसै गरी मन्त्री लामिछानेले आफ्नाा कुराहरुमा सबै शीर्ष नेतालाई प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको दावी गर्दै सरकारको काममा हो मा हो, हामीले गरेको कुरामा हो मा हो गर्ने होइन, क्याबिनेट मिनिस्टरले जे निर्णय गरे त्यसमा हो मो हो भन्न हामी सहभागी नभएको पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्