अर्थकृषि

अर्थतन्त्र सुधारको दावीबीच आयातित बस्तुको खपतमा ठूलो ह्रास

सरकारले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै राम्रो लयमा गैरहेको दावी गरिरहँदा अर्थतन्त्रको स्थायित्वको आधार उत्पादनको अवस्थामा भने सुधार देखिएको छैन ।

दिगो अर्थतन्त्रका लागि खाद्यान्न उत्पादन मुख्य आधार हुने भए पनि नेपालमा कृषि उत्पादनको अवस्था कमजोर नै छ । चालू आर्थिक वर्षको पाँच महिनामा झण्डै पाँच अर्ब रुपैयाँको चामल मात्र आयात भएको छ ।

हुन त यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो । तर, यसबीचमा जनताको क्रयशक्तिमा आएको ह्रासका कारण पनि वस्तु आयातमाा कमी आएको आर्थिक विश्लेषकहरुको दावी छ ।

चाम आयातमा कमी आउनुलाई सरकारले उत्पादन बढेको भनेर कागजी दावी गर्नसक्छ तर, यसबीचमा खानेमुख पनि घटेकोतिर भने चासो दिइएको छैन । देशको जनसंख्या क्रमशः घट्दै गएको छ ।

यस्तो अवस्थामा नेपालीहरुको मुख्य खाद्यान्न चामल आयात कम हुनुलाई कुनै अर्थमा पनि सकारात्मक मान्नै सकिंदैन । किनभने आयात उत्पादन बढेर कम भएको होइन । बजारमा खपत कम भएको यस्तो भएको हो ।

चालू आर्थिक वर्षमा अधिकांश बस्तु आयात घटिरहेको छ । यसको प्रमुख कारण बजारमा खपत कम हुनु हो । यही तथ्य नै काफी छ कि मुलुकको अर्थतन्त्रको वास्तविकता बुझ्न ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा (साउन–मङ्सिर) चार अर्ब १९ करोड ४१ लाख रुपियाँ बराबरको चामल आयात भएको थियो ।

गत वर्ष सो अवधिमा सात अर्ब २९ करोड ४० लाख रुपियाँ बराबरको चामल आयात भएको थियो । अघिल्लो वर्षको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा तीन अर्ब रुपियाँले चामल आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।

बजारमा चामलको खपत कम हुँदा आयातमा गिरावट आएको हो । चालु आवको पाँच महिनामा (साउन–मङ्सिर) १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपियाँ बराबरको चामल, मकै, धान, गहुँ, कोदो आदि आयात भएको छ ।

गत वर्ष सो अवधिमा २० अर्ब ३१ करोड १७ लाख रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको पाँच महिनामा समग्र खाद्यान्न आयातमा तीन अर्ब रुपियाँले कमी आएको तथ्याङ्कले देखाएको छ ।

पाँच महिनामा सबैभन्दा धेरै चार अर्ब ९५ करोड ८७ लाख ८८ हजार रुपियाँ बराबरको मकै आयात भएको छ । मकै पोल्ट्री फार्ममा दानाको प्रयोगका लागि आउने गरेको छ । यस्तै चार अर्ब ९० करोड ७२ लाख रुपियाँ बराबरको धान आयात भएको छ ।

चार अर्ब ३१ करोड ९७ लाख रुपियाँ बराबरको गहुँ आयात भएको छ । यस्तै ३४ करोड १६ लाख रुपियाँ बराबरको कोदो, ८९ लाख रुपियाँ बराबरको जुनेलो आयात भएको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिणाममा खाद्यान्न आउने गरेकामा यस वर्ष भने आयातमा कमी आएको छ ।

विभागका अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँ बराबरको चामल मात्र आयात भएको थियो । आव २०७८/७९ मा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँ बराबरको चामल आयात भएको थियो ।

गत आवमा सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण पनि खाद्यान्न आयातमा कमी आएको थियो । यस्तै आव २०७९/८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

सरकारले आयातमा गरिएको कडाइ र भारत सरकारले गहुँ आयातमा लगाइएको प्रतिबन्धका कारण अघिल्लो वर्ष खाद्यान्न आयातमा कमी आएको छ । इन्डोनेसिया, भियतनाम, चीन, इटाली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.