सत्ताको उन्मादमा ओलीले गरेको निर्णयबिरुद्ध उत्रन रावलको आव्हान
नेकपा एमालेका शीर्षस्थ नेतामध्येका एक भिम रावलले नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पार्टीबाट निष्काशन गरेपछि त्यसबिरुद्ध उत्रन आव्हान गर्नुभएको छ ।
बिहिबार सामाजिक सञ्जाल एक्समार्फत रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णय केपी ओलीको सत्ताको उन्माद भएको बताउँदै त्यसको विरोधमा उत्रन आव्हान गर्नुभएको हो ।
रावलले लेख्नुभएको छ, “सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।”
पार्टीबाट निष्काशित भएपछि रावलले केही दिनभित्रै रावलले पत्रकार सम्मेलन मार्फत केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राखेर देशब्यापी अभियानमा निस्कने योजनामा रहनुभएको उहाँ निकट नेताले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्