जन सरोकार

अस्पतालको शौचालयमा छोरा जन्माएर महिला फरार

सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सुत्केरी हुन भर्ना हुन आएकी एक महिला शौचालयमा छोरा जन्माएर फरार भएकी छन् ।

समाचार अनुसार सोमबार दिउँसो अस्पतालमा भर्ना हुन आएकी गर्भवती महिलाले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले बताउनुभएको छ ।

शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा राखिएको अस्पतालले जनाएको छ ।

डा. झाले शिशुको अवस्था सामान्य रहेको बताउँदै अस्पतालका स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह जानकारी दिनुभएको छ ।

अस्पतालमा भर्ना हुँदा ती महिलाले आफ्नो नाम सैयम कुमारी, उमेर २२ वर्ष र ठेगाना भारत बिहार राज्य जिल्ला सीतामढी सोनवर्षा उल्लेख गर्नुभएको छ । तर महिलाको सो नाम थर र ठेगाना झुटो हुन सक्ने आशङ्का गरिएको छ ।

जन्माउनासाथ आमा फरार भएकाले सो शिशु अवैध सम्बन्धपछि जन्मिएको हुनसक्ने आशङ्का गरिएको छ । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको थप अनुसन्धान र फरार महिलाको खोजी भइरहेको बताउनुभएको छ ।

ती महिलासँगै अर्को एक जना महिला पनि अस्पतालमा सँगै आएको भनिए पनि प्रस्ट हुन सकेको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिशुलाई ओसीएमसीमा राखेर हेरचाह भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.