जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा रोल्पा, सुनछहरी गाउँपालिका-४ सिउरी बस्ने २२ वर्षीय हर्क बहादुर पुन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हर्क बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्