राजनीति
नेपाल र यादव फकाउँदै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्लो सत्ता गठबन्धनमा संगै रहेका तर अहिले बाहिर रहेका पार्टीहरुलाई सरकारमा ल्याउने पहल सुरु गर्नुभएको छ ।
यस क्रममा उहाँले बुधबार विहान पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गर्नुभएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।
जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्