एनसेल शेयर विक्री प्रकरणमा छलफल चलाउने होडबाजी
दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीद विक्री प्रकरणमा छलफल चलाउन संसदीय समितिहरुबीच होडबाजी चलेको छ । यसले समितिहरुबीच विवाद समेत उत्पन्न भएको छ ।
विषयगत क्षेत्रत्भन्दा बाहिर गएर छलफल चलाएको भन्दै असन्तुष्टि व्यक्त भैरहँदा बिहिबार यस्तो अवस्थामा संसदको अर्को समिति शिक्षा समितिले यसबारे छलफल भयो ।
छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने गरी सरकारले छानबिन समिति बनाएको र छानबिन सकिनासाथ सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
छलफलमा मन्त्री शर्माले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको जानकारी दिंदै कानुन बमोजिम काम भएका छैनन् भने जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने संकल्पका साथ सरकारले समिति गठन गरेको स्पष्ट पार्नुभयो ।
उहाँले समितिले ३० दिनको समय पाएको र समयमै कामसक्ने भन्दै उहाँले अहिले अध्ययनमै भएको हुनाले के हुनेवाला छ भन्न हतार हुने र छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिने बताउनुभयो ।
अघिल्लो महिना मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो । लाभकर छल्न र २०२९ पछि एनसेल नेपालको स्वामित्वमा आउन नदिन शेयर खरिद बिक्री भएको आशंका गरिएको छ ।
संसदका विषयगत समितिहरुले काम नपाएको जस्तो गरी अरु समितिको क्षेत्रमा प्रवेश गरेर छलफल चलाएको भन्दै समितिहरुबीच विवाद समेत हुने गरेको छ ।
यस विषयमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेल खरिद बिक्रीका विषयमा आफ्नो समितिले छानबिन गरिरहेका बेला राज्य व्यवस्था समितिले पनि त्यही विषयलाई उठाएको भन्दै आपत्ति जनाउनुभएको थियो ।
उहाँले अनुसन्धानलाई प्रभावित गर्ने गरी सरकारी शक्ति, सत्ता, पहुँच र साधनको प्रयोग गरी भ्रष्टाचारको ढाकछोप गर्न खोजिएको आरोप समेत लगाउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्