कर्पोरेट/पर्यटन

हिमालयन एयरलायन्सको काठमाडौं-ल्हासा सिधा उडान सुरु

नेपाली र चिनीयाँको संयुक्त लगानीमा स्थापना भएको हिमालयन एयरलायन्सले काठमाडौंदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा सिधा उडान सुरु गरेको छ ।

कोभड १९ पछि ल्हासा व्यावसायिक उडान गर्ने हिमालयन एयरलायन्स पहिलो अन्तर्राष्ट्रिय एयरलायन्स हो । बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उडानको उदघाटन गर्नुभएको हो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल-चीन सम्बन्धमा काठमाडौं-ल्हासा सिधा हवाई उडान चीनसँगको सम्बन्धको दोस्रो सेतुको रुपमा स्थापित भएको बताउनुभयो ।

उहाँले सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्ग पहिलो सेतु रहेको र अब दोस्रो प्रमुख सेतु काठमाडौंबाट तिब्बतमा हुने सोझो हवाइ उडान हुने मन्त्री किराँतीले बताउनुभयो ।

काठमाडौं ल्हासा उडान शुभारम्भ भएको अवसरमा खुसी व्यक्त गर्दै नेपालका लागि चिनीयाँ राजदूत चेन जोङले यो ऐतिहासिक क्षणमा नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा कोशेढुंगा सावित हुने बताउनुभएको छ ।

राजदूत चेनले ट्वीट गर्दै भन्नुभएको छ, कोभिड १९ पछि ल्हासामा उडान गर्ने यो पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स र इतिहासमा पहिलो विदेशी एयरलाइन्स भएकोले ऐतिहासिक क्षण, चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान र जनतालाई सम्मान गर्ने अर्को कोशेढुङ्गा।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.