एन आर एन न्युजजापान
विशेष महाधिवेशनमा भागलिने प्रतिनिधिहरुलाई फारम भर्न आव्हान
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले एनआरएनए आइसीसीको विशेष महाधिवेशनमा भागलिने प्रतिनिधिहरुलाइ समयमै सहभागिताको फारम भर्न आव्हान गरेको छ ।
जनवरी २३ र २४, २०२१ मा हुने (अनलाईनको माध्यमबाट) विशेष महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागिताको निम्ति २०१९ को ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले सन् २०२१ जनबरी १ तारिख (स्थानीय समय २३ः५९ बजे) सम्म फाराम भरिसक्न सूचित गरिएको हो ।
एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका सम्पूर्ण पञ्जीकृत सदस्यज्यूलाई तोकिएको समयभित्र फारम भरि पठाउन हुनपनि अनुरोध गर्नुभएको छ ।
महाधिवेशनको लागि दर्ता गराएका प्रतिनिधिहरुलाई मात्र आइसीसीले सहभागिताको निम्ति लिंक, मिटिंग आईडी तथा पासकोड उपलब्ध गराउने जानकारी दिइएको छ ।
फारम भर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया राख्नुहोस्